लालबन्दी – नेपाल राष्ट्रिय शिक्षक संगठन सर्लाहीको सचिवालय र सल्लाहकार समिति चयन गरिएको छ ।
शनिबार लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयमा बसेको चौंथो विस्तारित बैठकबाट संगठनका जिल्ला अध्यक्ष भरत महतो अध्यक्ष रहने गरी ९ सदस्यीय सचिवालय र संगठनका निवर्तमान जिल्ला अध्यक्ष लिलाकुमार बानियाँ अध्यक्ष रहने गरी ७ सदस्यीय सल्लाहकार समिति चयन गरिएको हो । ९ सदस्यीय सचिवालयको उपाध्यक्षमा योगनारायण धामी, महिला उपाध्यक्षमा मिना प्रसाई, सचिवमा पुष्पबहादुर श्रेष्ठ, सहसचिवमा शोभाकुमारी बराल, कोषाध्यक्षमा नरेश कुमार पासवान, सह कोषाध्यक्षमा उर्मिलादेवी साह, सदस्यमा डिल्लीरमण भट्टराई र रामविश्वास साह रहेका छन् ।
त्यसैगरी, ७ सदस्यीय सल्लाहकार समितिको सदस्यहरुमा मधुकर भण्डारी, सुब्बा खत्री, सुष्मा दाहाल, रमेशकुमार महतो, रामवचन राय र महेन्द्र खड्का रहेका छन् । शनिबारको बैठकमा अन्य विभिन्न शिक्षक संघ संगठन परित्याग गरी ६८ जना शिक्षक नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका संगठनका जिल्ला सचिव पुष्पबहादुर श्रेष्ठले जानकारी दिए ।
संगठनका जिल्ला अध्यक्ष भरत महतोको अध्यक्षता तथा नेपाल शिक्षक महासंघ सर्लाहीका अध्यक्ष नरेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा बसेको बैठकमा संगठनका मधेश प्रदेश कमिटी सदस्य माधव सरकारलगायत सहभागी भएका संगठनका लालबन्दी नगर अध्यक्ष गोविन्द आचार्यले बताए ।