logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

‘अग्नी’लाई लालबन्दी नगर वाङ्मय भाषा तथा साहित्य पुरस्कार


  • उज्यालो अभियान

लालबन्दी — लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार यो वर्ष साहित्यकार डा. नवराज लम्सालको महाकाव्य लाई प्रदान गरिने भएको छ ।

भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि उल्लेख्य योगदान पुर्‍याएको भन्दै परिषद्ले ‘अग्नि’ महाकाव्यलाई पुरस्कार प्रदान गर्ने जनाएको हो ।

५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार डा। लम्सालको ‘अग्नि’ लाई दिने परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डा। लम्सालको ‘अग्नि’ महाकाव्य मदन पुरस्कार र पद्मश्रीको उत्कृष्ट सूचीमा समेत परेको छ । लम्सालका कर्ण, धरा र अग्नि ३ महाकाव्य सहित ८ पुस्तक प्रकाशित छन् ।

डा। लम्सालको ‘अग्नि’ महाकाव्यलाई सुदूरपश्चिम साहित्य समाजले यसअघि नै एक लाख ११ हजार १ सय ११ रुपैयाँसहित २०७८ को पुरस्कार घोषणा गरिसकेको छ ।

परिषद्ले १० हजार रुपैयाँ राशिको लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कार–२०७९ सर्लाही लालबन्दीका क्षितिज विश्वकर्मालाई दिइने जनाएको छ ।