हरिवन – सशस्त्र प्रहरीले सर्लाहीको हरिवनबाट १० लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ ।
महोत्तरीको गौशालाबाट काठमाण्डौं जाँदै गरेको प्रदेश.३–०१–००६ ख ०७४४ नम्वरको यात्रुबाहक बसबाट भन्सार छलेर ल्याइएको कपडा बरामद भएको हो । हरिवनस्थित सशस्त्र प्रहरीको बेसबाट विशेष सूचनाका आधारमा खटिएको टोलीले बिहीबार साँझ ८ बजेतिर पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–११, बासाटोल चोकमा बस रोकेर चेकजाँच गर्दा बिलबिजक नभएको १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।
बरामद गएिको कपडामा दुई हजार पाँच सय थान टि–सर्ट रहेका छन् । ती कपडा आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।