logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नागरिकता विधेयक पारित गर्न माग


  • उज्यालो अभियान

हरिवन – सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टी सर्लाहीले बिहीबार नागरिकता विधेयक पास गर्नुपर्ने लगायतका माग राखेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

पार्टीले विधेयक पारितसहित किसानलाई मल उपलब्ध गराउन, जग्गा कित्ताकाट खुल्ला गर्न, सरकारी कार्यालयमा सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीलाई सुधार गर्न, अनियमित विद्युत् कटौति नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन पार्टीका नेता एवं प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, पार्टीका जिल्ला उपाध्यक्ष देवेन्द्र राय, जिल्ला सचिव गोविन्द अधिकारी, नेता चूडामणि वाग्ले लगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।