logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सिसौटियामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन


  • उज्यालो अभियान

गोडैता – सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियामा सोमबार आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

नगरप्रमुख देवेन्द्र यादवले आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रबाट अब स्थानीयवासीले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन् ।

नगरप्रमुख यादवले सोमबार नै गोडैतामा नेपाल रेडक्रस सोसाइटी उपशाखाको उद्घाटन समेत गरेका छन् । सो कार्यक्रममा रेडक्रसले वैशाख ३० को निर्वाचनबाट निर्वाचित नगरभित्रका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।