सरिता सापकोटा÷बागमती, समाचारको नाममा जथाभावी आरोप लगाएर नगर र जनप्रतिनिधिको बद्नाम नगर्न बागमती नगरकार्यपालिकाले चेतावनी दिएको छ ।
केही अनलाईन मिडियामा नगर र जनप्रतिनिधिको बद्नाम गर्ने उद्येश्य राखेर तथ्य र आधारहिन, कपोकल्पीत र भ्रामक समाचार प्रकाशन गरेको प्रति नगरकार्यपालिकाले विज्ञप्ती निकालेर कडा आपत्ती जनाएको हो । केही अनलाईन पोर्टलले नगरपालिकाका कर्मचारी र नगर प्रमुखको विषयमा जथाभावी लेखेर चरित्र हत्या गर्ने काम गरेको बागमती नगर कार्यपालिकाले जनाएको छ ।
हुदै नभएको विषयमा समेत एकोहोरो आरोप लगाएर समाचार तयार गर्नु पत्रकारिताको आचार सहिताको कुन धारामा उल्लेख छ ? विज्ञप्तीमा भनिएको छ । ‘यसरी देशको चौथो अंगको रुपमा स्थापित संचार जगत र त्यसमा कामगर्ने पत्रकारले काठमाण्डौको कुनै कोठामा बसेर सर्लाहीमा रहेको स्थानीय तहको नाममा आरोप पत्र तयार गरेको प्रति हाम्रो आपत्ती छ ।’ बागमती नगर पालिकाका मेयर भरत कुमार थापाले भने । ‘यो त समाचारको नाममा बद्नार्म पर्चा छापियो ।’
प्रथम पटक २०७४ सालको स्थानीय तह निर्वाचनमा बागमती नगरपालिकाको मेयरमा निर्वाचित थापा गत स्थानीय तह निर्वाचनमा पुनः दोस्रौ पटक अत्यधिक मत सहित मेयरमा निर्वाचित भएका छन् । जनताको भावना अनुसार अत्यन्त पारदर्शी ढंगले आफुले नगरको समग्र विकास गरेको कुरा यसैबाट प्रमाणित भएको भन्दै मेयर थापाले बागमती नगरमा भएको सम्पुर्ण विकास गतिविधि हेर्न एक पटक बागमती नगरपालिकाको भ्रमण गर्न समेत आग्रह गरे ।
नगरले गरेका विकास र समृद्धि नगरका जनता सामु छर्लङ्ग रहेको भन्दै यस्ता कपोकल्पीत र भ्रामक समाचारको पछाडि नलाग्न समेत मेयर थापाले सम्पुर्ण नगरवासीमा आग्रह गरेका छन् । नगरको शैक्षिक स्तरमा आकाश जमिनको परिवर्तन आएको र अझै नगरले गुणस्तरीय र ब्यवहारीक तथा रोजगारी सहितको शिक्षा प्रणाली अवलम्बन गरिरहेको समेत बिज्ञप्ती मार्फत उल्लेख गरेको छ ।
बागमती माछा पोखरीको नामाकरण र त्यहाँबाट निस्किएको ढुंगा गिट्टिको विषयमा अफवाह फैलाउनु भन्दा नगरमा आएर सम्पुर्ण विवरण लिन समेत मेयर थापाले आग्रह गरे । ‘माछा पोखरी निमार्णधिन अवस्थामा रहको र नामाकरणको कुनै प्रकृया समेत नभएको छैन् ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘यस प्रोजेक्टको नाम बागमती माछा पोखरी नै हो, नगरले आधिकारीक रुपमा जताततै बागमती माछा पोखरीनै लेखेको कुरा घाम जत्तिकै छर्लङछ ।’
तर, ताल घुम्न आउने पर्यटक तथा स्थानीय ब्यवसायीले स्वतस्फुर्त रुपमा भरत ताल बोल्ने र लेख्ने गरेकै कारण बजारमा भरत तालले यस पोखरीले चर्चा बटुल्नु यस नगरकोलागि कुनै गर्वको बिषय हो भन्न हामीलाई कुनै हिच्किचाहट छैन् । पछिल्लो समय विभिन्न समुहले यसैलाई भ्रष्टाचार र अनियमितता सम्म भन्न थालेका नगरका एक कर्मचारीले बताए । मेयर थापाको चर्चा देश बिदेशका चुलिदै गएको प्रति असह्य भएका केही ब्यक्ति नगर प्रमुखको चरित्र हत्या गर्न लागि परेका एक स्थानीयले ठोकुवा गरे ।
नगरको सम्पतीको नामाकरण नागवासीले गरेको कुरामा नगर कार्यपालिका स्पष्ट रहेको समेत जनाईएको छ । यसैविच नगरपालिकाले पोखरी निर्माणको क्रममा निस्किएको ढुंगा गिट्टी पुर्व पश्चिम विद्युतीय रेल मार्ग निर्माणको लागि ठेक्का टेण्डरबाट पुर्ण पारदर्शीढंगले विक्री वितरण गरेको र राजस्व नगरको खातामा जम्मा गरेको जनाएको छ । ‘बाँकी रहेको ढुंगा गिट्टि पोखरीको दायाँ–बायाँ राखिएको कुरा कतै लुकेको छैन् । विज्ञप्तीमा भनिएको छ, ‘त्यसलाई पनि पोखरीको भौतिक निर्माणको काममा प्रयो भएर बाँकी बसे पुनः ठेक्का टेण्डर मार्फत विक्री वितरण गर्ने कुरामा नगर तयारी अवस्थामा छ ।’
बागमती माछा पोखरी पर्यटकिय मात्र नभई भोलीको दिनमा तराईको ठुलो फाँटलाई मरुभुमीकरण हुनबाट जोगाउने रिजर्भट्यांक सावित हुने वातावरण विदहरुको भनाई छ । पोखरी नगरको दिगो आर्थिक उपार्जनको श्रोत सगँ सगैँ वातावरण र पर्यावरण संरक्षणको लागि कोशेढुंगा सावित हुने समेत जानकारहरुको दावी छ ।
‘नगरको सगँ सगँै देशकै यती ठुलो गौरवको आयोजनाको रुपमा रहेको परियोजनाको वास्तविकतामा आघात पुग्ने गरी अफवाह फैलाउने व्यक्तिगत लाञ्छना लगाउने कार्य, देशको चौथो खम्वा जस्तो जिम्मेबार पेसा पत्रकारिताबाट हुनु सोभनिय नहुने भएको हुँदा आफ्नो गरिमालाई पनि ख्याल राखी यस्ता सम्वेदनशील विषयका सूचना संप्रेषण गर्दा ध्यान पुरÞ्याइ दिन पनि आग्रह गर्दछौँ ।’
साथै यसरी संचारमाध्यमको आडमा कसै प्रति घृणा र द्वैष फैलाउने उद्येश्यले संचालित अनलाइन पोर्टलहरुलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार सम्बन्धी ऐन, २०६३ को दफा ४७ बमोजिम सख्त कारवाही गर्न समेत विज्ञप्ती मार्फत सरोकारवाला
निकाय सगँ माग गरिएको छ । देशभरकै स्थानिय निकायहरुको तुलनामा यस नगरपालिकाले उल्लेख्य काम गरेको पटक–पटक संचार माध्यममा आईरहेको कुरालाई ढाकछोप गरी कसैको ब्यक्तिगत ईशारामा नगरको बद्नाम गर्ने कार्यको नगरले घोर भत्र्सना समेत गरेको छ ।