logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।
गाेविन्द उपनामले परिचित स्व. गुरु प्रसाद ढुंगेल ।

हरिवन – सर्लाहीको हरिवन नगरपालिका स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नयाँरोडमा बुधबार बिहान कारको ठक्करबाट मोटरसाईकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आईरहेको ना. ३३ प २२९५ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आएकाे बा.७ च ९२२२ नम्बरको कारले ठक्कर दिँदा हरिवन नगरपालिका–११ का ३८ वर्षीय गुरुप्रसाद ढुंगेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका ढुंगेलको बिरगंजमा उपचारको क्रममा मृत्यु भएको हाे ।

ढुंगेल हरिवन बजारस्थित घरबाट साढे एघार बजे खाना खाएर नयाँरोड पसलमा जाने क्रममा दुर्घटनामा परेको हो । मृतक ढुंगेल नयाँरोडमा पशुपती मोटर पार्ट्स संचालक हुन् । घटनामा संलग्न कार र कार चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृतकको शव बिरगंजमै पोष्ट मार्टम गरी सर्लाही ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।