हरिवन – प्रहरीले सर्लाहीको हरिवनबाट एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
बोक्सी आरोपका फैसला कार्यान्वयनको १ वर्ष ५ महिना ४ दिन कैद सजाय तोकिएका हरिवन नगरपालिका–९, बस्ने ३५ वर्षीय सितल धामीलाई प्रहरीले पक्राउ गरेको हो । धामीलाई सोमबार दिउँसोपख हरिवन नगरपालिका–११, स्थित बजार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
फरार अभियुक्त धामीलाई अदालतमा पेश गरी अदालतको आदेश अनुसार सजाय भुक्तानका लागि कारागार चलान गरिने प्रहरीले बताएको छ ।