logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हजारविगाहमा किशोरीहरुलाई हाते प्याड बनाउन सिकाइयो


  • उज्यालो अभियान

हजारविगाह – सर्लाहीको हरिपुर नगरपालिका–१, हजारविगाहमा स्थानीय २८ जना किशोरीलाई बुधबार हाते प्याड बनाउन सिकाइएको छ ।

ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा त्यहाँ रहेको बाल क्लबमा आवद्ध र समाजमा अन्य किशोरीहरुलाई भेला पारेर घरेलु हाते प्याड बनाउन सिकाइएको हो । श्री पाँचकुमार रामऔतार लक्षिया माध्यमिक विद्यालय हजारविगाहमा भएको कार्यक्रममा सहभागी किशोरीहरुलाई संस्थाका सामाजिक परिचालक विन्दा लुंगेली र हेमा थापा मगरले घरेलु प्याड बनाउन सिकएको आयोजकले जनाएको छ ।

यसअघि केही साता पहिले जिल्लाको ईश्वरपुर नगरपालिका १२ कालिन्जोरका केही किशोरीहरुलाई पनि यसैगरी घरेलु हाते प्याड बनाउन सिकाइएको थियो ।