logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सगुनले पहिलो पटक स्थापना दिवस मनायो


  • उज्यालो अभियान

सगुनले पहिलो पटक स्थापना दिवस मनायो कार्यक्रममा मन्तव्य राख्दै राज्यमन्त्री यादव ।

हरिवन – मधेश प्रदेशकै प्रतिष्ठित सहकारीका रुपमा परिचित सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले बिहीबार पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको छ ।

२०५७ साल साउन १९ गते दर्ता भई औपचारिक रुपमा संचालन भएको संस्थाले पहिलो पटक आफ्नो २३ औँ स्थापना दिवस मनाएको हो । संस्थाले वार्षिक साधारण सभा भने बर्सेनि भव्य रुपमा गर्दै आइरहेको छ ।

स्थापना दिवसको अवसरमा संस्थाका ३६ जना संस्थापक सदस्य र १४ जना पूर्व संचालकलाई सम्मान गरिएको छ । उनीहरुलाई मायाको चिनो र सम्मान–पत्रबाट सम्मान गरिएको संस्थाका प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए ।

संस्थाका अध्यक्ष केशव ढकालको अध्यक्षता तथा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवनका मेयर रमेश बुढाथोकी (कमल), जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै राज्यमन्त्री यादव ।