प्रतिकात्मक तस्बीर ।
सोल्टी – सर्लाहीको बागमतीमा नहरको पानीमा डुबेर एक महिलाको ज्यान गएको छ ।
बागमती नगरपालिका–१०, ब्रह्मस्थान बस्ने ७२ वर्षीया फूलमाया परियारको बागमती सिँचाई आयोजनाको नहरमा डुबेर ज्यान गएको हो । खेतमा जान्छु भनी घरबाट निस्किएकी फूलमाया बागमती नगरपालिका–८, सोल्टीस्थित नहरमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी परिवारले बुझिसकेका छन् ।