logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बबरगन्जमा आगलागीबाट एक लाख बराबरको क्षति


  • उज्यालो अभियान

बबरगन्ज – सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा गएराती एक घरमा आगलागी हुँदा एक लाख बराबरको क्षति भएको छ ।

बबरगन्जस्थित चाँदनी चोक बस्ने वीरेन्द्र महतोको भान्सा घरमा आगलागी भएको हो । भैँसी गोठमा बालेको घुरबाट आगो सल्किँदा भान्सा कोठाभित्र रहेको ट्याक्टरको मोबिल १५ लिटर, डिजल २५ लिटर, कपडा, भाडा र अन्नपात समेत जल्दा एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन् ।