logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सागरनाथ जंगल शिशु हत्या प्रकरण : प्रहरी अभियुक्त नजिक


  • उज्यालो अभियान

मृत भेटिएकी शिशु ।

बयलवास – झण्डै एक महिनाअघि सर्लाहीको सागरनाथ जंगलमा एक शिशुको हत्या गरी शव गाडेको घटनामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।

सो घटनामा संलग्न अभियुक्त नजिक पुगिसकिएको सर्लाहीका एक प्रहरी अधिकारीले उज्यालो अभियानसँग बताएका छन् । गएको असार २० गते ईश्वरपुर नगरपालिका–१३ स्थित सागरनाथ जंगलमा गाडेको अवस्थामा १६/१७ महिनाको जस्तो देखिने नवजात शिशु (छोरी) को शव फेला परेको थियो । वस्तुभाउ चराउन गएका मानिसले शिशुको शव देखेका थिए ।

सो घटनापछि प्रहरीलाई मृतक शिशुको पहिचान खुलाउनै समय लाग्यो । निरन्तरको अनुसन्धानपछि शिशुको पहिचान गरी अभियुक्त नजिक समेत पुगिसकिएको ती प्रहरी अधिकारीले सुनाए ।

घटनाको सम्वन्धमा इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापा नेतृत्वको टोलीले अनुसन्धान जारी राखेको छ ।

घटनाको विस्तृत विवरण केही दिनमै सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।