प्रतिकात्मक तस्बिर ।
मलंगवा – सर्लाहीको पर्सा गाउँपालिकामा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
पानी तान्ने मोटर चलाउनेक्रममा करेन्ट प्रवाह भइ पर्सा गाउँपालिका–६, बस्ने ४५ वर्षीय सुवोध झाको मृत्यु भएको हो ।
झालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।