प्रतिकात्मक तस्बिर ।
बागमती – सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा शुक्रबार दिउँसो बोलबमका तिर्थयात्री चढेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
दिउँसो साँढे ३ बजेतिर चक्रघट्टाबाट बागमतीतर्फ बोलबमका तिर्थयात्री बोकेर आउँदै गरेको (हाल नम्वर नुखलेको) ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा सवार चक्रघट्टा गाएँपालिका–६, गोहियाही बस्ने १९ वर्षीय निखिल चौधरीको मृत्यु भएको हो । ट्याक्टरको टेलरबाट अगाडिको भाग इन्जिनमा जाने क्रममा बीचमा लडी गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक चौधरीको शव पोष्टमार्टमका लागि केहीबेरअघि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ । दुर्घटनापछि ट्याक्टर चालक ट्याक्टरसहित फरार भएका छन् । हरिवन प्रहरीले फरार ट्याक्टर र त्यसका चालकको खोजी गरिरहेको जनाएको छ ।