logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गायक शिव परियारले दिए छात्रवृत्ति


  • उज्यालो अभियान

बरहथवा – गायक शिव परियारले सर्लाहीस्थित आफैँ अध्ययन गरेको विद्यालयका सात विद्यार्थीलाई ४९ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेका छन् ।

उनले सर्लाहीको श्री सरस्वति मावि हजरियाका विद्यार्थीका लागि प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै आएका छन् । विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ११ मा अध्ययन गर्ने सात विद्यार्थीले यस वर्षको ‘गरिब तथा जेहेन्दार छात्रवृत्ति ०७९ प्राप्त गरे ।

सात विद्यार्थीलाई जनही सात हजार रुपैयाँका दरले ४९ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भरत महतोले जानकारी दिए । छात्रवृत्ति पाउनेमा सुशीलाकुमारी तत्मा, अरुण पासवान, समीक्षाकुमारी चौधरी, कुमार पुलामी मगर, शिवजी मुखिया विन, ललिताकुमारी साह र गान्धी महतो छन् ।

उनीहरूलाई वडाध्यक्ष पुष्कल राउतले छात्रवृत्ति हस्तान्तरण गरे । आर्थिक अभावमा शिक्षाको यात्रा नरोकियोस् भन्ने उद्देश्यले आफूले शिक्षा लिएको विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको गायक परियारले बताए ।