एसपी प्रवीण पोखरेल । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रवीण पोखरेलको सर्लाहीमै दरबन्दी कायम भएको छ ।
गएको चैत दोस्रो साता तत्कालिन एसपी कृष्ण प्रसाईलाई प्रहरी हेडक्वार्टर तानेर हेडक्वार्टरमै रहेका एसपी पोखरेललाई यहाँ पठाइएको थियो । प्रहरी प्रधान कार्यालयले बिहीबार १२ जना एसपीको सरुवा निकाल्दा झण्डै ४ महिनादेखि सर्लाहीमा रहेका एसपी पोखरेलको यहीँ दरबन्दी कायम भएको हो ।
सर्लाहीका तत्कालिन एसपी प्रसाईको भने प्रहरी हेडक्वार्टर अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा सरुवा कायम गरिएको छ । यसैबीच प्रहरी हेडक्वार्टरले डीएसपीबाट भर्खरै एसपीमा बढुवा भएका ३६ जनाको बिहीबार पदस्थापन गरेको छ ।
जसमा सर्लाहीबाट एसपीमा बढुवा भई गएका माधवप्रसाद बुढाथोकीको प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा भैरहवा, रुपन्देहीमा सरुवा भएको छ । बुढाथोकी यहाँबाट डीएसपीबाट एसपीमा बढुवा भई गएपछि जिल्ला प्रहरी कार्यालयमा अहिले डीएसपी विजय यादव कार्यरत छन् ।
डीएसपी यादवले प्रवक्ता अर्थात् सूचना अधिकारीको समेत काम गरिरहेका छन् ।