फाइल तस्बिर ।
हरिवन – सर्लाहीको हरिवनमा बजार राख्ने विषयमा विवाद चर्किदा बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन भएको छ ।
हरिवन नगरपालिका–११ को वडा कार्यालय अगाडि माटो हुरेको स्थानमा बजार राख्ने वा नराख्ने भन्ने विषयमा विवाद बढ्दा एक पक्षले राजमार्गमा आई प्रदर्शन गरेको हो । राजमार्गमा टायर बालेर प्रदर्शन गर्दा दिउँसो केहीबेर सवारी आवागमन नै प्रभावित भएको थियो । प्रहरीले सम्झाइबुझाइ गरी प्रदर्शनकारीलाई राजमार्गबाट हटाएर गाडी खुलाएको छ ।
यसअघि तरकारी बजार बस्दै आएको र अहिले माटो हुरेर सम्याइएको स्थानमा अब फेरि तरकारी किनबेच गर्न दिने वा नदिने भन्ने विषयमा विवाद चल्दै आएको छ । बजारको यो विवादमा राजनीति घुसाइँदा समस्या बढ्दै गएको स्थानीयहरु बताउँछन् ।
बुधबार बिहान वडा कार्यालयमा भएको छलफल बिथोलिएपछि एक समूहले राजमार्गमा आएर प्रदर्शन गरेको हो ।