logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

खेतमा काम गरेर फर्किदै गरेका पुरुषको अचानक मृत्यु, शव पोष्टमार्टमका लागि ल्याइयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – सर्लाहीको दक्षिणी भेगस्थित भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिकामा बुधबार एक पुरुषको शंकास्पद मृत्यु भएको छ ।

खेतमा काम गरेर फर्किदै गर्नुभएका विष्णु गाउँपालिका–८ बस्ने ५० वर्षीय नन्दलाल महतोको एक्कासी बेहोसभई ढल्दा घटनास्थलमै मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर मृतक महतोको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।

मृतक महतोको शरीरमा कुनै बाहिर चोटपटक नदेखिएको र घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले उज्यालो अभियानसँग बताए ।