logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपुरमा ३०४ लिटर घरेलु मदिरा नष्ट


  • उज्यालो अभियान

हरिपुर – प्रहरीले मंगलबार सर्लाहीको हरिपुरबाट ३०४ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

यात्रुबाहक बसमा नवलपुरबाट सदरमुकाम मलंगवातर्फ लाँदै गरिएको मदिरा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले हरिपुर नगरपालिका–२, स्थित हरिपुर बजारबाट बरामद गरेको हो । मदिरा कस्को हो ? भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बरामद मदिरा प्रदेशसभा सदस्य अशोक यादव, हरिपुरका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, भद्रभलाद्मी, संचारकर्मीलगायतको उपस्थितिमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए ।