खैर्बा – सर्लाहीको रामनगर गाउँपालिका, १ खैर्बा बजारमा सोमबार डष्टबिन वितरण गरिएको छ ।
आशा लघुवित्त वित्तीय संस्थाले खैर्बा बजारमा फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले १५ थान डस्टविन वितरण गरेको हो । ती डस्टबिन स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, वुद्धिजिवी, समाजसेवीलगायतको उपस्थितिमा बजार क्षेत्रमा राखिएको आशा लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामनगरले जनाएको छ ।
डस्टबिन वितरणकै अवसरमा जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने खैर्बा बजारमा सरसफाई समेत गरिएको छ ।