logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

स्रोत नखुलेको ५ लाखसहित मलंगवाबाट भारतीय नागरिक पक्राउ


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवाबाट प्रहरीले बिहीबार दिउँसो स्रोत नखुलेको रकमसहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ ।

भारतीय नागरिक भारत जिल्ला सीतामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा वडा नं. ११ बस्ने वर्ष ३० को विजय ठाकुर पक्राउ परेका हुन् । ठाकुरलाई बीआर ३० एक्स ५५४४ नम्वरको भारतीय मोटरसाइकलमा भारततर्फबाट आउँदै गर्दा मलंगवा नगरपालिका ८ स्थित गोरखकालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले हेलमिटभित्र लुकाएर ल्याएको स्रोत खुल्न नसकेको ५ लाख ११ हजार ५०० सय नेपाली रुपैयाँ र ५ हजार भारतीय रुपैयाँ बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी (एसपीमा बढुवा सिफारिस भएका) माधवप्रसाद बुढाथोकीले जानकारी दिए । ठाकुर बिहीबार दिउँसो ३ बजेतिर पक्राउ परेका हुन् ।

सर्लाहीमा एक साताअघि मात्रै सशस्त्र प्रहरीले स्रोत नखुलेको ५ बढी रकमसहित त्रिभुवननगर नाकाबाट अर्का एक भारतीय युवकलाई पक्राउ गरेको थियो ।