डीएसपी माधव प्रसाद बुढाथोकी ।
मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव प्रसाद बुढाथोकीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आज (बुधबार) देशभरका ३६ जना डीएसपीको एसपीमा बढुवा गर्दा बुढाथोकी पनि बढुवाको सूचीमा परेका हुन् । सर्लाही प्रहरीको प्रवक्ता समेत रहेका डीएसपी बुढाथोकी करिव एक वर्षअघि गएको वर्ष असार २२ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भएका थिए ।
३६ जना डीएसपीको बढुवा निकाल्दा बुढाथोकी ३३ औँ नम्वरमा परेका छन् । बुढाथोकी एक/दुई दिनमै बिदाई भएर जाने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।
उनी डीएसपीबाट एसपीमा बढुवा भएर गएपनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अर्का डीएसपी कार्यरत छन् । कार्यालयमा केही साताअघि काज सरुवा भई डीएसपी विजय यादव आएका छन् ।