logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

अवैध सामान बरामद


  • उज्यालो अभियान

बरहथवा – सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याइएको लाखौं मूल्य बराबरको विद्युतीय सामग्रीसहित केही थान साडी बरामद गरेको छ ।

बरामद गरिएको सामान जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ । भारतीय सीमा नाका मधुवनीबाट बरहथवातर्फ आउँदै गरेको ना ६ ख ४५४७ नम्बरको यात्रुबाहक बस सोमबार अबेर राति जाँच्ने क्रममा बिलबिजक नभएको विद्यतीय लाइट ५४ थान, एलइडी टेलिभिजन ३० थान तथा साडी ३६ थान बरामद गरिएको हो ।

सुरक्षा बेस सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याइएका सामान बरामद गरेको सशस्त्र प्रहरी १० नम्बर गणले जनाएको छ । गणपति भरत खनियाँले ८ लाख १३ हजार मूल्य बराबरको बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।