धिरोज कुमार यादव/ मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा रहेको बाल मन्दिरमा आश्रित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
सोमबार एक कार्यक्रमका विच कौडेना गाउँपालिकाको सक्रौल घरभई हाल लालबन्दी बस्ने देवेन्द्र यादवले बाल मन्दिरमा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । मलंगवा नगरपालिका स्थित बाल मन्दिरमा रहेका सम्पुर्ण बेसहारा वालवालिकाहलाई अध्यन अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले किताव, कपी लगाएता शैक्षिक सामाग्री वितरण गरेको यादवले जानकारी दिए ।
यादवले आफ्नो ब्यक्तिगत खर्चमा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका बाल मन्दिर परिवारले जनाएको हो । उन्ले ६० थान कपी, ८ थान डिक्स्नरी र १०, ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई खरिदार तयारी कक्षाको किताव समेत वितरण गरेका छन् । सहयोगका लागि धन भन्दा पनि तनमन भए थोरै पैसाले धेरै ठुलो सहयोग गर्न सकिने यादवको कथन छ ।