logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सलेमपुरमा एक युवक मृत भेटिए


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

कविलासी – सर्लाहीको कविलासी नगरपालिका–९, सलेमपुरमा एक जना युवक मृत फेला परेका छन् ।

सोही ठाउँका ३२ वर्षीय इन्द्रजित ठाकुर मृत अवस्थामा फेला परेका हुन् । प्रायः मदिरा सेवन गरेर हिँडिरहने ठाकुरको अत्यधिक मदिरा पिउँदा ज्यान गएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाई घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।