logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पंखा जोड्न खोज्दा लालबन्दीको सेतिभीरमा करेन्ट लागेर मृत्यु


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–११, सेतीभीरमा आइतबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

स्थानीय २९ वर्षीय सुकलाल जिम्बाको करेन्ट लागेर ज्यान गएको हो । जिम्बालाई आइतबार अपरान्ह साँढे ४ बजेतिर आफ्नै घरमा पंखा जोड्नेक्रममा करेन्ट लागेको स्थानीयले बताएका छन् ।

करेन्ट लागेर अचेतभएका जिम्बालाई तत्कालै उपचारका लागि लालबन्दी बजारस्थित गढिमाई अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । काठमाण्डौंमा बस्ने जिम्बा हिजो शनिबार मात्रै घर आएका थिए ।

मृतक जिम्बाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।