logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चन्द्रनगरमा कोरोना प्रभावितका लागि आएको रकम वितरणमा विवाद, पैसा फ्रिज हुने सम्भावना


  • उज्यालो अभियान

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कोरोना प्रभावितका लागि प्रदान गर्न भनी आएको रकम वितरणमा विवाद देखिएको छ ।

कोरोनाबाट प्रभावित व्यक्तिहरु को–को हुन् ? भन्ने विषयमै विवाद हुँदा रकम वितरण हुन नसकेको हो । नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठकले कोरोना प्रभावितलाई प्रतिव्यक्ति आएको १० हजार अभिलम्ब कागजात संकलन गरी वितरण गर्ने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार कागजात संकलन पनि भयो । तर, केही वडामा प्रभावित व्यक्तिहरुको विवरण संकलन गर्दा गढबढी भएको भन्दै विरोध भएको छ । प्रभावित नै नभएका व्यक्तिको नाम सिफारिस भएपछि विवाद सिर्जना भएको हो ।

सो विषयको विवाद मिलाउन शुक्रबार (हिजो) कार्यपालिकाको बैठक बसेपनि सहमती जुट्न सकेन् । सहमती नजुट्दा कोरोनाबाट वास्तविक प्रभावित भएका दलित तथा विपन्न परिवार राज्यले दिने भनेको १० हजार रुपैयाँबाट बन्चित हुने देखिएको छ ।

कोरोना प्रभावितलाई दिन आएको ९० लाख ७० हजार रुपैयाँ पनि फ्रिज भएर जाने सम्भावना बढेको छ ।