logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

स्रोत नखुलेको पाँच लाखसहित भारतीय युवक पक्राउ


  • उज्यालो अभियान

त्रिभुवननगर – सशस्त्र प्रहरीले सर्लाहीको त्रिभुवननगरबाट शुक्रबार ५ लाख बढी रकमसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) त्रिभुवननगरबाट खटिएको गस्ती टोलीले भारतीय नागरिक अन्दाजी २३ वर्षीय अवधेश कुमारलाई ५ लाख १० हजार ८०० नेपाली रुपियाँ र दुई हजार २०० भारतीय रुपियाँसहित पक्राउ गरेको हो । उक्त रकमको स्रोत नखुलेका कारण अवधेश कुमारलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार मध्यान्ह सबा १२ बजेतिर बीआर ३० एक्स ३४६६ नम्वरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगरबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल नं. १० गण कविलासीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए । अवधेश कुमारको साथबाट नेपाली र भारतीय नगदसहित पोको ब्राण्डको दुई थान नयाँ मोवाइल सेट समेत बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक खनियाँले बताए ।

सशस्त्रले बरामद समान, मोटरसाइकल र नगद गरी जम्मा छ लाख छ हजार ८०० रुपियाँ कायम गरी अवधेश कुमारलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाएको छ ।