ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१०, मा मंगलबार एक महिला कृषक समूहलाई हाते ट्याक्टर प्रदान गरिएको छ ।
ईश्वरपुर नगरपालिकाको कार्यालयले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेको शुभ लक्ष्मी महिला कृषक समूहलाई एक थान हाते ट्याक्टर प्रदान गरेको हो । नगरप्रमुख मनोजकुमार आचार्यले मंगलबार बिहान समूहमै पुगेर कृषक महिला दिदीबहिनीहरुलाई हाते ट्याक्टर हस्तान्तरण गरेका छन् ।
सेभ द चिड्रेन, ग्रामीण नारी उत्थान संघ र नगरपालिकाको संयुक्त सहयोगमा त्यहाँका महिलाहरुले तरकारी उब्जाएर आयआर्जन गर्दै आइरहेका छन् ।