logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दीबाट ६ जना जुवाडे पक्राउ, १ लाख ३४ हजार नगद बरामद


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१०, तुलसीटोलबाट शनिबार साँझ ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय अम्बरबहादुर गोलेको घरमा जुवा खेलिरहेका जुवाडेहरुलाई इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै लालबन्दीकै रहेका छन् ।

जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुलाई आइतबार (आज) जिल्ला प्रशासन कार्यालय मलंगवाबाट म्याद थप गरी कारवाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो । प्रहरीले जुवाको खालबाट १ लाख ३४ हजार ४०५ रुपैयाँ नगद र ३ बुक तास समेत बरामद गरेको छ ।