logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

प्रशासनका कर्मचारी र प्रहरीलाई न्यायिक कार्यसम्पादनबारे अभिमुखीकरण


  • उज्यालो अभियान

मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीका कर्मचारी र मुद्दा चल्ने प्रहरी कार्यालयका प्रहरीहरुलाई शुक्रबार सर्लाहीको लालबन्दीमा न्यायिक कार्यसम्पादन सम्वन्धी अभिमुखीकरण प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवाले आफ्ना कर्मचारीसहित जिल्ला प्रहरी कार्यालय मलंगवा तथा मुद्दा चल्ने ‘क’ वर्गका लालबन्दी, केशरगन्ज, हरिपुर, हरिवन र बरहथवामा रहेका इलाका प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरीलाई यस प्रकारको अभिमुखीकरण प्रदान गरेको हो । सहभागीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका जिल्ला न्यायाधिवक्ता ऋद्धिनाथ निरौला र सर्लाही जिल्ला अदालतका शाखा अधिकृत सिकिन्द्र कापरले पछिल्लो पटक संशोधन भएको कानूनी व्यवस्थासहित न्यायिक कार्यसम्पादनका सम्वन्धमा अभिमुखीकरण प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीको समेत उपस्थिति रहेको थियो ।