logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बरहथवाका तीनवटा अस्पताल इजाजत बिनै संचालन


  • उज्यालो अभियान

अस्पतालको अनुगमन गर्दै सहायक प्रजिअ अधिकारी नेतृत्वको टोली ।

बरहथवा – सर्लाहीको बरहथवाका तीनवटा अस्पताल इजाजत बिनै संचालन भइरहेको पाइएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी नेतृत्वको टोलीले अनुगमन गर्न जाँदा ती तीनवटा अस्पतालले कम्पनिमा दर्ता भएपनि अस्पताल संचालनको इजाजत भने नलिएको पाइएको हो । तीनवटा अस्पताल मध्ये बरहथवा नवजीवन अस्पताल प्रा.लि. बरहथवा ७ मा शिल नै गरिएको छ ।

यसअघि पनि अनुगमन गर्दा सो अस्पतालले इजाजत नलिएको भेटिएपछि तत्कालै इजाजत लिन निर्देशन दिइएको थियो । तर, यो पटक जाँदा पनि इजाजत लिन बेवास्ता गरेको पाइएपछि अस्पताल बन्द गराएर शिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले उज्यालो अभियानसँग बताउ ।

यस्तै, इजाजत नलिएको संकट मोचन हेल्थ केयर प्रा.लि. बरहथवा ७ र ह्याप्पी मेडिकियर हस्पिटल प्रा.लि. बरहथवा ७ लाई पनि तत्कालै इजाजत लिएर मात्रै संचालन गर्न भनिएको छ ।

यस्तै, अनुगमन टोलीले शनिबार नै हरिवन बजारमा रहेका केही किराना पसलहरुको समेत अनुगमन गरेको छ । त्यसक्रममा मूल्य सूची नराख्नेदेखि अन्य मापदण्ड पूरा नगर्ने पसलहरुलाई पहिलो पटक सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।