विद्यालय भवन हस्तान्तरण गरिँदै । (तस्बीर : मुकेश झा)
हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा रहेको सोनफी आधारभूत विद्यालयमा २ कोठे आरसीसी भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा र राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र (आरआरपिके) को साझेदारीमा सञ्चालित ‘समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना’ अन्तर्गत विद्यालय भवन बनाएर हस्तान्तरण गरिएको हो । उक्त विद्यालय भवनको हरिपूर्वाका नगरप्रमुख विनोद कुमार साहको प्रमुख आतिथ्यतामा प्रधानाध्यापक विन्देश्वर साहलाई हस्तान्तरण गरिएको भवन निर्माण गरेका साझेदार संस्थाहरुले जनाएका छन् ।
वडा नं. ५ का वडाध्यक्ष विजयभुषण प्रसाद साहको अध्यक्षतामा आयोजित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष श्यामबाबु राय, नगरपालिकाको शिक्षा शाखाका प्रमुख जनक काफ्ले, वल्र्ड भिजन इन्टरनेशनलका संगिता मयुरलगायतको उपस्थिति रहेको थियो ।
साझेदार संस्थाहरुको सहयोगमा यसअघि पनि हरिपूर्वा नगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अपाङ्गमैत्री विद्यालय भवन, शौचालयलगायतका संरचना निर्माण गरी हस्तान्तरण गरिसकिएको आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र साहले जानकारी दिए ।