logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

मलंगवामा कार्यपालिकाको बैठक फेसबुकबाट ‘लाईभ’


  • उज्यालो अभियान

मलंगवा – नयाँ जनप्रतिनिधि चुनिएर आएपछि सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा मंगलबार पहिलो कार्यपालिका बैठक बसेको छ ।

कार्यपालिका बैठकको फेसबुक पेजमार्फत लाईभ अर्थात् प्रत्यक्ष देखाएर नयाँ अभ्यास समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए । नगरप्रमुख नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठक नगरपालिकाकै आधिकारिक फेसबुक पेज ‘हेल्लो मलंगवा नगरपालिका’ बाट लाईभ देखाइएको हो ।

मंगलबारको पहिलो बैठकमा मुख्यगरी असार १० गते नगरसभामा पेश हुने नीति तथा कार्यक्रम र बजेटका विषयमा केन्द्रित रहेर छलफल भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । यसअघिका जनप्रतिनिधिको कार्यकालमा कार्यपालिका बैठक गोप्य रुपमा बस्थ्यो भने नगरवासीहरुले त्यहाँबाट हुने निर्णय पनि थाहा पाउँदैनथे ।

अहिले भने एक÷दुई वटा पालिकाले फाट्टफुट्ट रुपमा सामाजिक संजालमार्फत बैठकमा भएको छलफल प्रत्यक्षरुपमा देखाउन थालेका हुन् । यसअघि हरिवन नगरपालिकाले पनि पहिलो कार्यपालिकाको बैठक फेसबुकमा लाईभ गरेको थियो ।