logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हरिवनबाट पक्राउ परेका जुवाडेविरुद्ध आज म्याद थपिने


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिवन – सर्लाहीको हरिवनबाट आइतबार साँझ पक्राउ परेका जुवाडेहरुविरुद्ध सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाइँदै छ ।

इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिका–११, स्थित बजारमा रहेको खुशराज उप्रेतीको घरमा जुवा खेलिरहेका ५ जनालाई पक्राउ गरेको थियो । प्रहरीले जुवाको खालबाट ३८ हजार ५०० रुपैयाँ नगद समेत बरामद गरेको छ ।

जुवाको खालबाट पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–११, का दुर्गा बहादुर कार्की, मोतिलाल बोम्जन, शिवशंकर साह, हरिवन नगरपालिका–९, का झनकप्रसाद उप्रेती र कमलबिक्रम कार्की रहेका छन् । अहिले हरिवन प्रहरीको हिरासतमा रहेका उनीहरुविरुद्ध आज जिल्ला प्रशासन कार्यालय मलंगवाबाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले छापा मारेको घरमा बाह्रैमास जुवा खेलाइने गरेको स्थानीयले बताएका छन् ।