logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हरिवनबाट लाखौं रुपैयाँसहित ६ जुवाडे पक्राउ


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिवन – प्रहरीले सर्लाहीको हरिवन बजारस्थित एक घरबाट आइतबार साँझ लाखौँ रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

स्रोतका अनुसार बाह्रैमास जुवा खेलाइने त्यस घरमा ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले छापा मारेर ६ जुवाडेलाई पक्राउ गरेको हो । जुवाको खालबाट मोटो रकम बरामद् भएको स्रोतले जनायो ।

पक्राउ परेका जुवाडेलाई अहिले इलाका प्रहरी कार्यालय हरिवनमा लगेर सोधपुछ भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।