प्रतिकात्मक तस्बीर ।
लालबन्दी – रातीको हावाहुरी र पानीपछि सर्लाहीमा विद्युत् प्रवाहमा समस्या देखिएको छ ।
मुख्य बजार क्षेत्रमा बत्ती सूचारु भएपनि आउने जाने भइरहेको छ । कतिपय ग्रामीण भेगमा रातीदेखि नै बत्ती आएको छैन् । यस क्षेत्रमा राती ३ बजेतिर हावाहुरी र चट्याङसहित पानी परेको थियो । मौसम बद्ली हुनासाथ जिल्लामा पुनः विद्युत् प्रवाहमा समस्या सिर्जना भएको हो ।
हावाहुरीले पोल तथा तारमा क्षति गरेको क्षेत्रमा विद्युत् सूचारु गर्न प्राधिकरणको लालबन्दी, बरहथवा र मलंगवा तिनवटै वितरण केन्द्रबाट प्राविधिकहरु परिचालन भइसकेका छन् । बर्खायाममा यसरी बारम्बार खराबी आइरहने तर २÷४ जना मात्रै प्राविधिक रहेकाले तुरुन्तै मर्मत सम्भारको काम गर्न समस्या भइरहेको वितरण केन्द्रहरुले जनाएका छन् ।
यसैबीच, सर्लाहीमा राती मौसम बदली भई पानी परेपनि अहिले भने जिल्लाको मौसम सफा भई घाम लागिरहेको छ ।