logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

मलंगवामा ट्याक्टर पल्टियो, चालकको मृत्यु


  • उज्यालो अभियान

मलंगवा – मलंगवामा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

सदरमुकाम मलंगवा नगरपालिका–६, मा ज १ त ३८२४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक ३२ वर्षीय रवीन्द्र साह सोनारको ज्यान गएको प्रहरीले जनायो । यहाँको चन्द्रनगर गाउँपालिका–५, मोहनपुर घर भएका चालक सोनारको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ट्याक्टरले च्यापिएर घटनास्थलमै ज्यान गएको हो ।

लखन्देही खोलामा तटबन्धका लागि ढुंगा झारेर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।