प्रतिकात्मक तस्बीर ।
गोडैता – सर्लाहीको गोडैता नगरपालिका–११, सिसौटियामा सोमबार साँझ करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ ।
सोही ठाउँकी ७५ वर्षीया मुर्कुचनदेवी मण्डलको करेन्ट लागेर ज्यान गएको हो । सोमबार साँझ ६ बजेतिर पानी तान्ने मोटर चलिरहेका बेला चापाकल चलाएर नुहाइरहेको समयमा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
मृतक मण्डलको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ ल्याउने तयारी हुँदै छ ।