रानिगन्ज – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जमा रहेको फौदसिंह माध्यमिक विद्यालयमा झण्डै १५ वर्ष लगाएर बनाइएको विद्यालय भवनको शनिबार बल्ल औपचारिक उद्घाटन गरिएको छ ।
भारतीय सरकारको सहयोगमा निर्माण भएको दुई तले भवनको जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पराजुलीको अध्यक्षतामा मधेस प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका हुन् । केही समयअघि नै निर्माण भई पठनपाठन समेत संचालन भइरहेको विद्यालय भवन ठेकेदारबाट हस्तान्तरण नहुँदा उद्घाटनमा ढिलाई भइरहेको थियो ।
विद्यालय भवन उद्घाटन कार्यक्रममा भारतीय महावाणिज्यदूत नितेश कुमार, प्रदेश सभा सदस्य बेची लुंगेली, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलगायतको उपस्थिति रहेको थियो ।