logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा आज पनि बिजुली अवरुद्ध


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा शनिबार पनि बिजुली बत्ती काटिएको छ ।

नवलपुर सवस्टेशनको ट्रान्सफर्मर मर्मत तथा टेष्टिङको काम गर्न शनिबार बिहान ८ः३० बजेपछिबाट बत्ती काटिएको हो । ट्रान्सफर्मर मर्मतको काम शनिबार नै सक्ने तयारी छ ।

जिल्लामा शुक्रबार पनि ६ घन्टा भन्दा बढी अवरुद्ध भएको विद्युत् साँझ अबेरबाट सूचारु भएको थियो । शनिबार भने बिहान सबेरैदेखि बत्ती काटेर ट्रान्सफर्मर टेष्टिङको काम भइरहेको नवलपुर सवस्टेशनका प्रमुख निरन्जन साहले जानकारी दिए ।

बिजुली बत्ती अवरुद्ध हुँदा बिजुलीबाट हुने काम भने प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणले केही महिनाअघि निर्माण गरेको सवस्टेशनमा रहेको १३२÷३३ के.भी. ६३ एम.भि.ए. को ट्रान्सफर्मर मर्मत गर्न काठमाण्डौंबाट नै प्राविधिक आएका छन् ।

नवलपुर सवस्टेशनबाट लालबन्दी र मलंगवा वितरण केन्द्रमा बत्ती जोडिएको छ । यि दुई वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बत्ती काटेर सवस्टेशनको ट्रान्सफर्मर टेष्टिङसहित मर्मतको काम भइरहेको हो ।

जिल्लामा बरहथवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा भने रौतहटको चन्द्रनिगाहपुर सवस्टेशनबाट बत्ती तानिएको छ ।