logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

लालबन्दीमा भान्जाद्वारा मामाको हत्या


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुरमा शनिबार मध्यान्ह भान्जाले आफ्नै मामाको हत्या गरेका छन् ।

बारीमा काम गर्नेक्रममा भएको विवादमा भान्जा लालबन्दी–११, कै ३१ वर्षीय रवी विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् । तरकारी लगाउन माच बनाउनेक्रममा विवाद भएपछि रवीले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रवीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रायः काठमाण्डौंमा बस्ने रवी नागरिकता बनाउन भन्दै केही दिनअघि मात्रै घर आएका थिए ।

घर आएपछि रवी मामासँगै मिलेर नातेदार काकाको बारीमा तरकारी खेतीका लागि माच बनाउन खटिएका थिए । मामा र भान्जाबीच भएको विवादको कारण खुल्न सकेको छैन् ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले हत्यामा संलग्न रवीलाई लालबन्दी प्रहरीको हिरासतमा राखी अनुसन्धान भइरहेको बताए ।

गोरखापत्र अनलाईनबाट