लालबन्दी – सर्लाहीको नवलपुरमा रहेको सवस्टेशनमा आज (शुक्रबार) बाट ट्रान्सफर्मर टेष्टिङको काम हुँदै छ ।
नेपाल विद्युत् प्राधिकरणले केही महिनाअघि निर्माण गरेको सवस्टेशनमा रहेको १३२ बाई ३३ के.भी. ६३ एम.भि.ए. को ट्रान्सफर्मर मर्मत गर्न काठमाण्डौंबाट नै प्राविधिक आएका छन् । आज र भोली दुई दिन ट्रान्सफर्मर मर्मत हुँदा लालबन्दी र मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा केही घन्टा बत्ती अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले उज्यालो अभियानसँग बताए ।
बरहथवा वितरण केन्द्र अन्तर्गतको लाईन भने रौतहटको चन्द्रनिगाहपुरबाट तानिएकाले त्यस क्षेत्रमा कुनै असर गर्ने छैन् । विद्युत् ट्रान्सफर्मर टेष्टिङको समयबाहेक अरु बेला भने बत्ती सूचारु नै रहने प्राधिकरणले जनाएको छ ।