हरिवन – सर्लाहीको हरिवनमा बुधबार बसेको पहिलो कार्यपालिका बैठकको फेसबुकबाट लाईभ गरिएको छ ।
नगरप्रमुख रमेश कुमार बुढाथोकी (कमल) को कार्यकक्षमा बसेको पहिलो कार्यपालिका बैठकको नगरपालिकाकै आधिकारिक फेसबुक पेज ‘हेल्लो हरिवन नगरपालिका’ नामको पेजबाट लाईभ अर्थात् प्रत्यक्ष देखाइएको हो । बैठकमा केही जनप्रतिनिधिहरुले नगरपालिका र वडाहरुबीच समन्वय गरी नगरपालिका आफैले टेलिभिजन नै संचालन गरी कार्यपालिकाको बैठकमा भएको छलफल र त्यहाँबाट हुने निर्णय आम नगरवासीले प्रत्यक्षरुपमा देख्न पाउने वातावरण मिलाउन माग गरेका छन् ।
वैशाख ३० को निर्वाचन र कार्यपालिका गठनपछि बसेको पहिलो बैठकमा समग्र नगरभित्रका समस्या र वर्तमान अवस्थाबारे छलफल भएको बुझिएको छ ।