दुर्घटनामा परेको टाटासुमो । तस्बीर : उज्यालो अभियान
लालबन्दी – बुधबार बिहान लालबन्दीमा टाटासुमो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी लच्का नजिकै ज १ च ९६२ नम्वरको टाटासुमो आफै अनियन्त्रित भइ दुर्घटनामा परेको हो । सो दुर्घटनामा टाटासुमो चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३, पिडारी चोक बस्ने ४० वर्षीय दीलिप कुमार महरा, टाटासुमोका धनी जनकपुरधाम उपमहानगरपालिका–१४, रजौल बस्ने ५९ वर्षीय श्रीराम साह, उहाँकी श्रीमती ४५ वर्षीया राजवती साह, छोरी २५ वर्षीया कृति साह र छोरा २० वर्षीय शिरिस कुमार साह घाइते भएका इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।
पाँचै जना घाइते लालबन्दीमा सामान्य उपचार गराइ थप उपचारका लागि जनकपुरतर्फ गएका छन् । चालकले आफू निदाएका कारण टाटासुमो अनियन्त्रित भइ नजिकैको रुखमा गएर ठोक्किएको प्रहरी समक्ष बताएका छन् ।