logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बरहथवामा कार्यपालिका सदस्यको शपथ


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवामा बुधबार कार्यपालिका सदस्यहरुलाई शपथग्रहण गराइएको छ ।

नगरप्रमुख कल्पनाकुमारी कटुवालले गत सोमबार भएको निर्वाचनबाट निर्वाचित ८ जना कार्यपालिका सदस्यलाई आज एकैसाथ शपथ ग्रहण गराएकी हुन् । निर्वाचनबाट ८ जना कार्यपालिका सदस्यमध्ये ७ जना नेकपा एमालेबाट र १ जना बहुजन एकता पार्टी नेपालबाट चयन भएका थिए ।

बरहथवाको कार्यपालिकामा नेकपा एमाले एक्लैलाई पर्याप्त बहुमत छ । त्यहाँ अन्य जनप्रतिनिधिहरुले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।