logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

वडा सदस्यद्वारा विपन्नलाई घर निर्माण गरी हस्तान्तरण


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा नवनिर्वाचित वडा सदस्यले विपन्न एक परिवारलाई घर निर्माण गरिदिएका छन् ।

आइतबार एक कार्यक्रमकाबीच हरिवन नगरपालिका–८, निवासी एक परिवारलाई उक्त घर हस्तान्तरण गरिएको हो । हरिवन नगरपालिका–८, निवासी मंगल सिंह दंगाली मगर परिवारलाई सोही वडाबाट निर्वाचित वडा सदस्य सोनी गुर्मछानले एक कोठाको पक्की घर बनाइदिएका हुन् ।

अत्यन्त विपन्न एवं आफन्त समेत कोही नरहेको उक्त परिवार बर्षौदेखी खपडाको छानो भएको झुपडिमा बस्दै आएका थिए । घर बनाउने हैसियत नभएका उनीहरु पक्की घर पाएपछि खुसी भएका छन् ।
गुर्मछानले ब्यक्तिगत २ लाख ५० हजार लागानीमा उक्त घर निर्माण गरिदिएको बताए । छिमेकी समेत रहेका दंगालीको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले आफुले केही गरौँ भन्ने उदेश्यले घर तयार गरिदिएको उनको भनाई छ ।

घर निर्माण भएको ५ धुर जग्गा भने दंगाली परिवारकै हो । उक्त घर हरिवन नगरपालिकाकी नवनिर्वाचित उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा हरिवन नगरपालिका–८, का नवनिर्वाचित वडाध्यक्ष प्रज्वल ढुंगाना र अन्य नवनिर्वाचित वडा सदस्य लगाएतको उपस्थिती रहेको थियो ।