लालबन्दी – सर्लाहीको लालबन्दी बजारमा शनिबार जेसिज लालबन्दीले आयोजना गरेको रक्तदान शिविरमा १३० जनाले रक्तदान गरेका छन् ।
१२ जना महिलासहित १३० जनाले शिविरमा आएर रक्तदान गरेका जेसिज लालबन्दीका कानूनी सल्लाहकार सरोजबाबु न्यौपानेले उज्यालो अभियानलाई जानकारी दिए । रगतको अभाव टार्ने उद्देश्यले जेसिजले रक्तदान शिविरको आयोजना गरेको हो ।
शिविरमा संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र जनकपुरमा पठाइएको न्यौपानेले बताए । रक्तदान शिविरको शनिबार बिहान जेसिज लालबन्दीका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यता र नगर उपप्रमुख कल्पनामाया पाख्रिनको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा जेसिज लालबन्दीका संस्थापक अध्यक्ष किरण घिमिरे, पूर्व अध्यक्ष श्याम कुमार खड्का, जनज्योति भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष कृष्ण भण्डारी, लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।