प्रतिकात्मक तस्बिर
कौडेना – सर्लाहीको कौडेना गाउँपालिका–७, शिवनगरमा बिहीबार राती आगलागीमा परेर एउटा घर जलेको छ ।
आगलागीबाट शिवनगरका लाल महमदको खरले छाएको कच्ची घर जलेर नष्ट भएको हो । घरमा भएको आगलागीको कारण भने खुल्न सकेको छैन् ।
आगलागीबाट घर तथा घरभित्र रहेको अन्न, भाडा, कपडासहित सम्पूर्ण सरसामग्री जल्दा १ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी चौकी फेन्हराले जनाएको छ ।
आगलागी स्थानीयवासी र प्रहरी मिलेर करिव १ घण्टापछि निभाएका थिए ।